काठमाडौं। नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गरेका छन् ।बिहीवार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताएका हुन् ।
उनले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गरे । उनले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भिर हुन नसकेको पनि बताए । उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकार समयमै गम्भिर हुन नसक्दा र नागरिकहरुको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहिन र प्रचारमुखि कार्यमा सिमित रह्यो । अहिले केही पहलकदमी लिएको छ ।
हमास र लडाकुहरुबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रश्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु ।
स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरु ठप्प छन् । तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमती र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन । उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कार्यकर्तालाई सूर्य थापाको जवाफ– रविले पार्टी खोल्नुअघि ठगी र विश्वासघात गरेका हुन्
प्यूठानका कांग्रेसले कुप्रचार गरे : सूर्य थापा