काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
त्यसैगरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशी र नारायणीमा जल यातायात सुरु गरिने
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति पौडेल
गाजापट्टीमा तत्काल स्थायी युद्धविराम गर : चिनिया राष्ट्रपति
प्रेस तटस्थ, स्वतन्त्र र सबल भएमात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति पौडेल