काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाल आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रोएको उनको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महँगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरे ।
उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए ।उपाध्यक्ष पाण्डेले विद्यालय शिक्षा विधेयकलाई पूर्णता दिने र मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने काममा सिंगो संसद् एकताबद्ध हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पिसाबसम्बन्धी समस्या देखिएपछि राजेन्द्र पाण्डे अस्पताल भर्ना