बारा। बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार यसरी मत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।
निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका- ३ जुगवाका चौधरीको घटनास्थल मै मृत्यु भएको हो ।
बसले ठक्कर दिए पछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ-रिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिए पछि अनियन्त्रित भएको उक्त इ-रिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो।
रिक्साको ठक्करबाट अटो चालक निजगढ-१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक सिरहा-१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु