६० किलो सुन तस्करी प्रकरण : २५ जना पुर्पक्षका लागि जेल चेलान

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, २० : २०
६० किलो सुन तस्करी प्रकरण : २५ जना पुर्पक्षका लागि जेल चेलान

काठमाडौँ ।चर्चित ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २५ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । 

 शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागारमा थुनामा पठाउन आदेश दिएको हो । 

अदालतले भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दिपक दाहालले बताए ।

सरकारी वकिलको कार्यालयले सीआईबीको प्रतिवेदनको आधारमा यसअघि २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको थियो । यो प्रकरणमा तीन जना भने फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस