काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रलाई पठाएको ९ बुँदे प्रस्तावको जवाफ नआएकोले वार्ताको औचित्य नरहेको बताएको छ। असोज १५ गतेदेखि १७ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा माओवादीसँग एकताबारे अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरिएको थियो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म वार्ताको औचित्य नरहेको हाम्रो पार्टी स्पष्ट गर्दछ।’
गत वर्ष मंसिरमा भएको चुनावमा माओवादीसँग सहकार्य गर्दै नेसपाले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। माओवादी र नेसपा एकता गर्ने भने पनि पछिल्लो समय माओवादीले नेसपाका एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएका थिए। नेसपामा बाबुराम भट्टराई पनि अध्यक्ष छन्।
माओवादीले रूपान्तरणसहित समाजवादी ध्रुवीकरणभन्दा पनि दाउपेचको राजनीति मात्र गर्न खोजेको निष्कर्षमा नेसपा केन्द्रीय कार्यकारिणी समिति पुगेको छ। माओवादीमा समाजवादी केन्द्र निर्माणमा भन्दा पनि तत्कालका लागि अङ्कगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखिएको नेसपाको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेसपाको महिन्द्र पक्षले बोलायो आकस्मिक बैठक
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै
कोशी प्रदेश नामकरणलाई नमान्ने नेसपाको निर्णय
संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने शक्तिहरूविरुद्ध एकजुट हुन नेसपाको आह्वान