काठमाडौं । ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।
राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो । बाटो काट्ने क्रममा सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएपछि आफन्तले सठक अवरुद्ध बनाएका थिए । उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि गजुरी अस्पताल पुर्याइएको छ । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकका चालक ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
झाप्लेखोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालियो
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द
फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध