काठमाडौं। काठमाडौं महानगरपालिका ३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु