एसियाली खेलकुद

एसियाली खेलकुदः नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, ०८ : ३२
एसियाली खेलकुदः नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो।

खेलमा  रोहित पौडेल ५२ रनको योगदान दिए भने  कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झा ३५  र विनोद भण्डारीले  १३ रनको योगदान दिएका छन्  ।  

प्रतिक्रिया दिनुहोस