काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा अमेरिकाको न्यूर्योकमा सहभागी हुने क्रममा महासचिव गुटरेससँग दुईपक्षीय भेटवार्ता भएको र सो क्रममा आफूले निमन्त्रणा गरेको बताएका छन् ।
भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्याएको योगदानको विषयमा छलफल भएको जानकारी दिएका छन् ।
सो क्रममा महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र आफ्नो निमन्त्रणा स्वीकार गरी छिट्टै नेपाल भ्रमणमा आउने उल्लेख गरे ।
यस्तै प्रचण्डले एन्टिगुवा र बारमुडाका प्रधानमन्त्रीले आयोजना गरेको ‘यूनाइटेड नेशन्स फ्रेन्डस अफ भिजन हाई लेभल ब्रिफ कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपालले आँखाको उपचारमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री प्रचण्ड
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री प्रचण्ड
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
संसद्मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)