काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक मुलुकले बाटो बिराउँदा देशको हालत बिग्रिएको बताए। राज्यको ढुकुटी लुटेर भातृ सङ्गठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको भन्दै उनले अब जनताले सोच्ने बेला आएको बताए।
नेपालगन्जको नगर भेलालाई सम्बोधन गर्दै उनले गलत नेतृत्वकर्ता नहुँदा ठूलो संख्यामा युवाहरू बिदेसिन बाध्य भएको उनले जनाए। संविधान दिवसका दिन गुन्डा नाइके भनिने रिगलको रिहाइको पनि विरोध गरे । साथै जसले पैसा दिन्छ उसकै लागि नीति बन्ने गरेको उनले आरोप लगाए। जनताले सिटामोल नपाउने वाद नहुने भन्दै उनले भने, नेपालीको दुःख र पीडा नबोल्ने वाद म जान्दिन।
यस्तै केन्द्रीय सदस्य रमेश प्रसाईँले पनि सक्षम र योग्य डाक्टर नहुँदा जन्मभूमिकाको उपचार गर्न खाँचो भएको बताए। पुराना दलहरूले देशलाई थिलथिलो पारेको भन्दै अब सक्षम र योग्य डाक्टरले जन्मभूमिको उपचार गर्नु पर्ने जनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने