अमेरिकामा २५ बर्षिय दोश्रो पुस्ताका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १९ : १४
अमेरिकामा २५ बर्षिय दोश्रो पुस्ताका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

-विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको  हे-मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको ईतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।

दोश्रो पुस्ताका खरेल १२ बर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस शहर नजिक रहेको  हे-मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन ।

१३ बर्ष अघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल  हे-मार्केट शहरको योजना आयोगमा सदस्यमा छानिएपछि स्थानीय  हे-मार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने खरेलले बताएका छन् ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ । खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफुले थप काम गर्ने बताए ।

अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदन दिएर अन्तर्वार्ता दिएर उतीर्ण हुनु पर्छ । सो चरण उतीर्ण गरे पछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाई पारित भए पछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रकृया छ ।

आयुष खरेलले उच्च बिद्यालय (हाईस्कुल) उतीर्ण भर्जिनिया अमेरिकाबाट नै गरेका हुन् । खरेलले  पूर्वस्नातक (अन्डरग्राजुएट ) गरेका छन् भने हाल उनि एमाजोनमा साइबर(अंतर्जाल) सुरक्षामा काम गर्दछन ।  

नेपाली मूलका मधु पन्थी नगर परिषद सदस्य रहेको उक्त पद रिक्त भए पछि उक्त पदको लागि १५ जनाको निवेदन मध्ये आयुष खरेल छानिएका हुन् । मधु पन्थी प्रस्तावक रही  हे-मार्केट नगर परिसदको बैठकको बन्द सत्रमा बृहत छलफल भै सिफारिस गरेपछि  हे-मार्केटका नगर प्रमुख डेविड लिकले अन्तिम निर्णय गर्दै आयुषलाई मनोनित गरेका हुन् ।

आयुष समाजसेवी तिलक खरेल तथा अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) कि अध्यक्ष कमला खरेल का सुपुत्र हुन् । उनि उक्त पदमा अगस्त २० तारिख देखी नै लागु हुने गरि मनोनित भएका छन् ।

उनलाई  हे-मार्केटको नगर परिषदको गत अगस्त ६ तारिखमा बसेको बैठकले मनोनित गरेको हो ।

प्रतिक्रिया दिनुहोस