काठमाडौँ । मणिपाल शिक्षण अस्पतालक चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ ।
गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि सरुवा गरिएको जानकारी दिएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । इन्सपेक्टर श्रेष्ठले मृतकका आफन्तहरु आक्रोशित भएका बेला ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
मणिपालका चिकित्सकहरु दोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए । यस प्रकरणमा प्रहरीले चिकित्सक कुटेको आरोपमा विनय गुरुङलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्स्पेक्टरको नाममा ७ दिने सूचना
नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)