काठमाडौ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठको नाममा ७ दिने सूचनासहितको स्पष्टीकरण सोधेको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थायी वतन भएका उनको प्रहरी अस्पताल महाराजगञ्ज दरबन्दी रहेको छ ।
तर वैशाख २३ यता सम्पर्कमा नआएपछि मन्त्रालयले उनको नाममा ७ दिने सूचना जारी गर्दै आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
अन्यथा र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारवाही हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)