हुलाकी राजमार्ग निर्माणका लागि भारतद्वारा नेपाललाई चार सय सत्तरी लाख प्रदान

सोमबार, ०४ भदौ २०७५, १७ : १७
हुलाकी राजमार्ग निर्माणका लागि भारतद्वारा नेपाललाई चार सय सत्तरी लाख प्रदान

काठमाडौँ । हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारतले नेपाल सरकार लाई ४ सय सत्तरी लाख नेपाली रुपैयाँ प्रदान गरेको छ ।
मंगलबार सिंहदरबार काठमाडौमा एक कार्यक्रमकाबीच भारतीय राजदूत मञ्जिव सिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ ओटा निर्माणधिन सडकहरुका लागि आवश्यक कोषको तरलता कायम गर्नका लागि प्रयोग गरिनेछ । यससँगै भारत सरकारले नेपाल सरकारलाई हुलाकी राजमार्ग आयोजनाका १४ ओटा सडकहरु अन्तर्गत प्याकेज २–६ को पहिलो चरणको निर्माण कार्यका लागि नेपाली रुपैयाँ ८ विलियन अनुदान प्रदान गर्ने प्रतिबद्धता अनुरुप २.३५ विलियन प्रदान गरिसकेको छ ।  

प्याकेज १ अन्तर्गतका दुइ सडकहरु (क) धनगढी–भजनीया–सत्ती सडक र (ख) लम्की–टिकापुर–खक्रौला सडकको निर्माण कार्य भारत सरकारको नेपाली रुपैयाँ १.०२ विलियन अनुदान मार्फत सम्पन्न भइसकेको छ । यी सडकहरुको गत वर्षको भाद्र ३ गते उद्घाटन भएको थियो ।

सन् १९५० देखि भारत सरकारले बहुक्षेत्रीय र बहुमुखी भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारहरुको विकासका लागि सहयोग गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस