नेपाली मुलका खनाल अमेरिकी योजना आयोग सदस्यमा नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १४ : ५९
नेपाली मुलका खनाल अमेरिकी योजना आयोग सदस्यमा नियुक्त

अमेरिका । २० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सदस्यमा छानिएका छन् । ७५ हजार जनसंख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराइन् ।

और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लवमा सहसंयोजक रहेरका खनाललाई अबको दुई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियुक्त गरिएको हो । योजना आयोग सदस्य खनालले स्थानीय अर्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ । नागरिकसँग कुरा गर्दै खनालले आफुले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफुले थप काम गर्ने बताए । अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि सुरुमा निवेदन दिएर अन्र्तवार्ता पास गर्नुु पर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति प्रकृया छ । आयोग सदस्य खनाल सन् १९९८ मा चितवनबाट अमेरिका आएका थिए ।

प्रतिक्रिया दिनुहोस