काठमाडौँ । भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका-२, स्यो गाउँका ८० वर्षीय छेन्चा दोर्जेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको हो। सोमबार वृद्ध भत्ता लिन जाँदा उनी भीरबाट लडेर घाइते भएका थिए।
यस्तै, दाङको लमही नगरपालिका-९ स्थित महेन्द्र राजमार्गमा काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान ५ः४५ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनाका घाइते भएकाहरूको नेपाली सेनाले उद्धार गरी नेपालगञ्ज अस्पताल ल्याउन सहयोग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा भर्ना खुल्यो, २६०० भन्दा बढी जनशक्ति माग
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं : सेना
शीतलहर पीडितलाई सेनाको सहयोग
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त