पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा : सांसद खनाल

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, १४ : ४२
पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा : सांसद खनाल

काठमाडौँ । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता हुन नसकेको भन्दै समितिको ध्यानाकर्षण गराए ।

उनले अझै अक्टोबरमा हुने पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा बजेट नभएकै कारण नेपालबाट सहभागिता हुन नसक्ने कुरा आइरहेको भन्दै समितिले यसबारेमा गम्भीर रुपमा सोच्नुपर्ने बताए ।सांसद खनालले समितिले सरकारलाई यसबारेमा आवश्यक निर्देशन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस