काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले नेपालमा बढ्दै गएको हवाई दुर्घटना कहालीलाग्दो भएको बताएका छन् ।
उनले विश्वका दुई सय मुलुकमध्ये नेपाल दुर्घटनामा ज्यान गुमाउने मुलुकमध्येको १२ औँ नम्बरमा पर्ने भन्दै पछिल्लो साढे २ वर्षमा मात्र ८ वटा हवाई दुर्घटना भएको र १२३ जनाको मृत्यु भएको बताए ।
त्यहीँ तुलनामा भारतमा कम दुर्घटना हुने गरेको भन्दै सांसद खनालले नियामक निकायको कमजोरी जिम्मेवार रहेको बताए ।
‘नियामक निकायको नेतृत्वले जिम्मेवारी नलिने र प्राविधिक कुरालाई मात्र दोष दिनु उपयुक्त हुँदैन’, खनालले भने,‘ दुर्घटना बढ्नुमा क्यान वा मन्त्रालयमाथि पनि छानबिन हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठुला नेताको सहमति नकुरौँ‚ भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ : सांसद खनाल