काठमाडौँ । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी भएको स्पष्ट गरेको छ । ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा समेत एलपी ग्यास भरी विक्री वितरण भएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न आम उपभोक्तालाई समेत अनुरोध गरेको छ ।
निगमले केही ग्यास उद्योगहरूले बढी क्षमताका सिलिन्डरमा ग्यास भरी विक्री वितरण गर्न अनुमति माग गरे पनि नदिएको स्पष्ट गरेको छ । ‘निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ १४.२ केजी भन्दा बढी जस्तै ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’
निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो