काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित कटुवाल दहमा अलपत्र परेका पुरुषको उद्धार गरिएको छ । दक्षिणकाली वडा नम्बर–८ सिम्पानी राई टोल बस्ने रामबहादुर लामाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
गोताखोर परिचालन गरेर गए राति २ बजे बागमती पारि रोकिएका रामबहादुकारे उद्धार गरिएको थापाले जानकारी दिए । पानीको बहाव कम भएको बेलामा बागमती पारि गएका लामा बहाव बढेपछि नदी किनारको पहरामा रोकिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर–२० विपद् उद्धार उपत्यका गणबाट ९ जना गोताखोर र निलबाराही गण कीर्तिपुरबाट १५ जनाको टिमले उनलाई सकुशल उद्धार गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला
चितवनमा एक पुरुषको शव फेला