एजेन्सी । किलियान एमबाप्पेको दुई गोलका बावजुद पेरिस सेन्ट जर्मेन नयाँ प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य बनेको छ । टोली निससँग २–३ गाेलले पराजित भएको हो ।
तेरेम मोफीले निसलाई २१ औँ मिनेटमा अग्रता दिलाएका थिए तर एम्बाप्पेले ८ मिनेटपछि नै खेल बराबरीमा ल्याए । गेटान लेबोर्डेले दोस्रो हाफमा पाहुना टोलीलाई पुन: अग्रतामा फर्काए भने नाइजेरियाका मोफीले १८ यार्डबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।
एमबाप्पेले खेलको अन्त्यतिर एक गोल फर्काए पनि बराबरी गर्नका लागि धेरै ढिला भइसकेको थियो । टोलीमा फर्किएपछि यो सिजन चार खेलमा फ्रान्सेली कप्तानको सातौँ गोल थियो ।
३४ वर्षीय इटालियन फ्रान्सेस्को फारियोलीले व्यवस्थापन गरेको निस तालिकामा पीएसजीलाई उछिन्दै मोनाको पछि दोस्रो स्थानमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० भदौ २०८०, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमबाप्पेको गोलमा रियल मड्रिडको सानदार जित
एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित