एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित

एजेन्सी

सोमबार, १७ भदौ २०८१, ०७ : ३६
एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित

एजेन्सी । केलियन एमबाप्पेले स्पेनिस ला लिगामा दुई गोल गरेपछि रियल मड्रिडले रियल बेटिसलाई सहजै पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो। 

एमबाप्पेले यसअघि ला लिगाका तीन खेलमा गोल गर्न सकेका थिएनन्। एमबाप्पले रियलका लागि गरेका खेलको ६७ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। 

७५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे। 

गएराति नै भएको खेलमा ओसासुनाले सेल्टा डि भिगोमाथि ३–२ को संर्घषपूर्ण जित निकालेको छ। 
अर्को खेलमा डिपोर्टिभ अलाभेसले लस पालमासलाई तथा जिरोनाले सेभिल्ललाई समान २–० गोल अन्तरले पाखा लगाए। 

गएराति कै अर्को खेलमा गेटाफे र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया दिनुहोस