एजेन्सी । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए।
दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो।
विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६:४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।’
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो। विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ भदौ २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण
क्यालिफोर्नियामा सानो विमान एउटा भवनको छतमा ठोक्कियो, २ जनाको मृत्यु
एयर क्यानडाको विमानमा आगलागी
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना