एजेन्सी । टर्कीले लिबियाको पूर्वी भागमा आँधी कारण आएको बाढीपछि राहत सामग्रीसहतिको मानवीय उद्धार टोलीसहितका ३ वटा विमान पठाएको छ ।
टर्कीले मंगलबार साँझ तीन वटा विमान लिबिया पठाएको हो । टर्कीको रक्षा मन्त्रालयले मित्रवत सम्बन्धका लागि उद्धार टोली र सहायता सामग्री आवश्यक आपूर्ति जारी राख्ने बताएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि आवश्यक सहायता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । लिबियाको पूर्वी भागमा आईतवार आएको भीषण बाढीका कारण लिबियाको डेर्ना शहरमा कुल ३ हजार ६० जनाको मृत्यु भएको छ भने ५ हजार २ सय जना बेपत्ता छन् । लिबियामा आईतवा भूमध्यसागरीय आँधीका कारण बाढी आएको हो ।आँधीले पूर्वाधारमा ठूलो क्षति गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ भदौ २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्कीको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान
टर्कीमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु