काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ। गौशाला–२६ र उनको परिवारको बसाइँसराईको कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।
यसअघि गत भदौ २१ गते काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको थियो । आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी उनको परिवार बसाइँसराई गरी गएको काठमाडौंको एक स्थानीय तहबाट कागजात माग गरेको थियो ।
स्थानीय तहबाट बसाईसराईको उक्त कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता
जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन