काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन् ।
सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । केही बेरअघि बहस थालिएको उच्च अदालत स्रोतले बतायो । मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज-भोलिमै फैसला आउन सक्छ ।आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा