काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्रीलाई धोका दिने काम आफूबाट नहुने बताएका छन् । यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको उनले बताए।
बौद्ध जागरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले भने, ‘यो सरकार प्रति आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरूबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो । इतिहासमा यति धेरै काम हुँदैछ जनतामा आशा बिस्तारै जागेको छ । प्रधानमन्त्रीको यो स्प्रीडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरूबाट नाजायज काम गराउन दबाब न भएको होइन तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु ।’
‘दलालहरू मलाई भेट्न आँट गर्दैनन् कि आफ्नै मान्छेको भेष भूषामा सिखण्डी बनेर आएका हुन कि संङ्का लाग्छ । कृपया त्यसो नगर्नुहोस् देशको मुखेन्जी तपाईँसँगको सम्बन्ध मेरो लागी केही पनि होइन । देश भन्दामाथी न म छु न मेरो पद छ । जीवनको बाजी थापेर देश बनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको शुख र भोग बिलासको लागि होइन । प्रचण्ड असाधारण मान्छे हुन् परिवार क्षतविक्षत हुँदा पनि निरन्तर लाग्नु राजनीतिको केन्द्र बनी रहन सक्नु । त्यो प्रचण्डको गुण हो । सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’को को यो अभियानमा म जस्तो सुकै मूल्य चुकाउन तयार छु । मुलुकका सारा असमानताको निम्ति ‘प्रचण्ड’को नेतृत्वमा युद्ध भयो अब सुशासन र आर्थिक क्रान्ति पनि प्रचण्डकै नेतृत्वमा सम्भव छ । युद्ध शान्ति र समृद्धी प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती