भोजपुर । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो ।
सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए ।
“वातावरणको संरक्षणका बिरुवा रोपेका छौँ”, उनले भने, “हाम्रो यो अभियान जारी छ । यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।” सेनाले विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधि बढाएको गणपति थापाले बताए ।
सेनाले थालेको बिरुवा रोपण अभियान सरहानिय रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यसको संरक्षण तथा विकासमा ध्यान दिनुपर्ने बताए । वृक्षरोपणका लागि सेनालाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी
नेपाली सेनामा भर्ना खुल्यो
उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रियद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय