काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलङ्काले बङ्गलादेशलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।
उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए र कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।
सुपर फोरको पहिलो खेलमा बङ्गलादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईको पहिलो विकेट लियो