६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, २० : ३७
६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुटवल घर भएका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद भएको थियो ।

प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीले पाएयता यसमा हालसम्म २५ जना पक्राउ परिसकेका छन् ।अहिले अनुसन्धानका लागि सीआईबीले सुन ल्याइएको हङकङ र सुनको गन्तव्य भारत दुवैमा अनुसन्धान टोली खटाएको छ । हालसम्म सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

नेपाली पक्षको व्यवस्थापनको काम भने बेल्जियन नागरिक दावा छिरिङले गरेको हुनसक्ने देखिएको सीआईबी स्रोत बताउँछ । संगठित अपराधको कसूरमा सीआईबीले यसका आरोपीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन पाउँछ ।

प्रतिक्रिया दिनुहोस