महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् ।
आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारप्रसारका लागि आफूले पैदल यात्रा थालेको जानकारी दिए ।
एक सय१७३ दिनमा ७७ वटै जिल्ला सदरमुकाम पुगेका पाध्याले यात्रामा सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा प्यानरसहित हिँडेको बताए । ‘व्यक्तिगत लगानीमा यहाँका सम्भावना बोकेका क्षेत्र चिनाउने क्रममा धेरैले यात्राका क्रममा सुदूरका धार्मिक पर्यटकीय क्षेत्रको विषयमा चासो राख्थे ।’ उनले भने, ‘खप्तड, बडिमालिकादेखि गोदावरी धामसम्मको प्रचार यात्राका क्रममा गरेँ ।’
पैदल यात्रामा निस्केका पाध्यालाई उनको गृह पालिका गौरीगङ्गा नगरपालिकाले रु बीस हजार सहयोग गरेको बताए । ‘यात्राका क्रममा हिँड्दै जाँदा खानपिन र बसोबासका लागि धेरै ठाउँमा सहयोग पनि भयो’, उनले भने, ‘सुदूरपश्चिम पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि पहल गर्नु आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ भदौ २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी
संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते हुने
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित