काठमाडौ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज आइतबार हुँदैछ ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका पेशी तोकिएपनि हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतवारका लागि सरेको हो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका हुन् ।
न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज