पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढ्यो

ग्यास सिलिण्डरमा एकैपटक २३५ रुपैयाँले वृद्धि

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, २० : ५८
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ।  एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो। आज राति १२ बजेपछि मूल्यवृद्धि हुने निगमले जनाएको छ। 

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।