काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले थप दुई विकेट गुमाएको छ ।
सुरुवाती दुई १० बलमै ३ विकेट गुमाएको नेपालको पारी सोमपाल कामी र आरिफ शेखले सम्हाल्ने प्रयास गरेका थिए । दुबैले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । तर १४औं ओभरको चौथो बलमा हरिश राउफले सोमपाल र आरिफको साझेदारी तोडे ।
आरिफ २६ रनमा आउट भए । १७औं ओभरमा उनले नै सोमपाललाई २८ रनमा पभेलियनको बाटो देखाएका छन् ।यसअघि नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमाएको थियो । शाहीन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल र अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भएका थिए ।
दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमदले क्याच गरेका थिए । यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले १५१ रन बनाए भने इफ्तिखार १०९ रनमा अविजित रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईको पहिलो विकेट लियो