काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले गौर हत्याकाण्डको छानविन नगरेको खण्डमा पीडितहरु हेग जाने चेतावनी दिएका छन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितसँग छानविन गर्ने प्रतिवद्धता जनाएपनि कुर्सी हल्लिने डरले चुप लागेर बसेको बताए ।
घटना भएको १७ वर्ष वितिसक्दा पनि छानविन नहुनुले पीडितहरुको कानुनी राज्यको अनुभूति गर्न नपाएको उनको भनाई छ । सरकार छानविन गर्छु भन्छ । तर, कुर्ची हल्लिने डरले रोकेको छ । न्यायका लागि सरकार बनेको हो कि कुर्ची बचाउन ? सरकार कुर्ची बचाएर बस्ने हो भने र नेपालमा न्याय नपाउने हो भने पीडितहरु हेग जान्छन्, चुप लागेर बस्दैनन्,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी : प्रभु साह
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
अवहेलना मुद्दामा प्रभु साहविरुद्ध कारण देखाऊ आदेश जारी
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह
मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह