काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
उक्त मुद्दाको सुनुवाई लामो समयदेखि पटक–पटक स्थगित हुने गरेको छ । पछिल्लो पटक अदालतले पीडित गौशला–२६ को आमाको जन्ममिति स्पष्ट हुने कागज पेश गर्न भनेपछि उक्त कागज पेश भइसकेकाले आज पेशी तोकिएको थियो ।
गौशला–२६ (परिवर्तित नाम) ले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता
जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन