खजुरा (बाँके) । खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।
साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।
पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते
समूहबाट स्वाबलम्बी बन्दै बाँकेका दलित महिला
खडेरीले धानको बीउ राख्नै समस्या
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित, ६० भन्दा बढी घरमा क्षति
एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित