काठमाडौँ । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव सुन्दर श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहकाबीच उक्त सम्मान वितरण गरिने भएको छ । साथै सोही समारोहमा चलचित्र विकास बोर्डले विभिन्न ३५ जना चलिचित्रकर्मीलाई सम्मान गर्ने जनाएको छ । विशेष योगदानबाट सम्मानित हुनेहरूमा अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, इन्द्रदेव चलचित्र मन्दिर, ऋषिराज आचार्य, ओम अग्रवाल, कमल प्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी, कृष्ण प्रसाद पोखरेल, केदार प्रसाद पाठक, गौरीशंकर धुजु रहेका छन् ।
त्यस्तै, झरना थापा, ठाकुर प्रसाद ढुंगाना, बब्बु क्षेत्री, दयाराम दाहाल, प्रीतम गुरुङ, भुपेन्द्र कुमार खड्का, मनोज केसी, रमेश ढकाल, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विपन्न मल्ल, विमल पौडेल, विमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल पाण्डे, सुभाष प्रसाद गजुरेल, सुजास गिरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरु
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग