पोखरा । जुवा तास खेलेको आरोपमा बैदाम प्रहरी कार्यालय कास्कीले बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली भनिने मोहन सिंह लालचनसहितका ७ जना छन् ।
उनीहरुलाई पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख वेद जोशीले जानकारी दिए । पक्राउ पर्नेमा होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन पनि रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका जुवाडेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ
जुवातास खेलेको आरोपमा ६ जना पक्राउ