चितवन । नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आईपुगेको छ । बिहीबार भरतपुर महानगरका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तुँदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले फिल्डको निरीक्षण गरेको छ ।
पुल महाशाखाका उपनिर्देशक नरे शमान शाक्यअनुसार सिग्नेचर ब्रिजको लागि अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर ब्रिज ४ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ ।सिग्नेचर ब्रिज निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले डिजाईनको काम भईरहेको कम्पनीले जनाएको छ । ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यस्तै राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणको लागि भरतपुर महानगरपालिकाले पहल गरिरहेको र अबको केही समयपछि यो कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उल्लेख गरिन् ।
सिग्नेचर ब्रिज, राष्ट्रिय राजर्माग जोड्ने ३ वटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने बताईन् ।यसैबीच पुल महाशाखाको टोलीले भरतपुर र नवलपुर जोड्ने पुल निर्माण गर्न २ वटा स्थानको अवलोकन गरेको छ । महाशाखाले भरतपुर २६ को घोसराघाटबाट नवलपुरको प्रगति नगर जोड्ने पुलको स्थलगत गरेको छ । यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको थियो ।
यस्तै भरतपुर र माडी ठोरी जोड्ने गरी निर्माण गर्ने गरी तयारी गरिएको भरतपुर २४ मा पर्ने ध्रुर्बको निरीक्षण एवम् अनुगमन गरेको छ । ध्रुर्ब र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने पुल निर्माण गर्न ईआईए गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको प्रदेश सांसद ठाकुर प्रसाद ढकालले जानकारी दिए । पुल महाशाखाका अनुसार ३ वटा नयाँ पुल निर्माण गर्न एकै पटक ठेक्का सम्झौता गर्ने तयारी भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार
नारायणीको बाढी बस्तीमा पस्यो
नारायणीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह