एजेन्सी । उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मंगलवार १८ जना मानिस मृत फेला परेका छन् । उनीहरूको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको थियो ।
स्थानीय अधिकारीहरूले जनाएअनुसार उनीहरू आप्रवासीहरू हुन सक्ने सम्भावना रहेको छ । उनीहरू अवैध रूपमा देश प्रवेश गरेको हुनसक्ने ग्रीक राष्ट्रिय प्रसारक ईआरटीले उल्लेख गरेको छ।
अलेक्जान्ड्रोपोलिस नजिकको जङ्गलमा लागेको आगो चौथो दिन पनि नियन्त्रण बाहिर रहेको बताइएको छ। सोमबार राति र मङ्गलबार बिहानै धुवाँको बाक्लो तुँवालोले ढाकेपछि नगरको अस्पताललाई पनि खाली गराइएको थियो । सो क्रममा बिरामीहरूलाई जहाजबाट अन्य अस्पतालहरूमा सारिएको ग्रीक राष्ट्रिय समाचार एजेन्सी एएमएएनएले जनाएको छ।
अलेक्जान्ड्रोपोलिस जङ्गलको आगो ग्रीक अग्नि नियन्त्रकहरूका लागि सबैभन्दा चुनौतीपूर्ण मध्ये एक हो। विगत २४ घण्टामा उनीहरूले देशभर ६५ वटा जङ्गलमा लागेको आगो निभाउँन सङ्घर्ष गरिरहेका छन् ।
ग्रीसको राजधानी नजिकैको उत्तरपश्चिमी एटिका क्षेत्रमा मङ्गलबार फैलिएको दुईवटा ठूला डढेलाको जोखिमले बस्तीहरू खाली गर्दै सडकहरू बन्द गरिएको हो । तीव्र हावाले आगो निभाउने प्रयासलाई अझ कठिन बनाएको छ ।
यसै बीच रोमानिया र चेक गणतन्त्रका १०० भन्दा बढी अग्निनियन्त्रक र करिब २० सवारी साधनहरू पनि आगो निभाउँन परिचालन गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ भदौ २०८०, ०६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो
वनमा लागेको डढेलोमा परी युवतीको मृत्यु, चार घाइते
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो