काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा दुवै जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्लाको कागेश्वरी मनोहरा, नगरपालिका एकस्थित सिद्धिगणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिबिलास धिताल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानको सिलसिलामा दुवै जनाले शिक्षक छनौटमा अन्तर्वार्ताका लागि पेश गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै दुवै जनालाई १६ हजार रुपैयाँ बिगो दाबी गर्दै कैद सजायको मागसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर