काठमाडौँ । संघीय संसद् अन्तरगत संघीय संसद् राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । चौधौँ अधिवेशन अन्तरगतको ३७ औँ बैठक अपराह्न १: ०१ बजे बस्ने गरी बोलाइएको हो । बैठकका सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रबारे जानकारी दिने रहेको छ ।
जसमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
त्यस्तै राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूचीमा समावेश छ ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची रहेको छ । नेकपा एमालेले लामो समयदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध पार्दै आएको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्ने एमालेको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा : कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण
राष्ट्रियसभा बैठक भोलि बस्ने, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रियसभाको बैठक सुरू
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ