काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी कार्यव्यवस्था परामर्श समिति बैठक बेलाएका हुन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बस्ने बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् । मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठकका एजेण्डा र सदनको गतिरोध अन्त्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैशाखभर प्रतिनिधिसभा बैठक १० दिन बस्ने