काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।
कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन
पर्यटकीय गन्तव्य बन्यो काभ्रेको ताराखसे पोखरी
काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द