काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन ।
शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताएका हुन । उनले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताए । उनले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने बताए। उनले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगिकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भिरताका साथ उठाएको बताए ।
उनले सरकारले स्वच्छ वातावरणका लागि नविकरणीय ऊर्जाको कुरा पनि महत्वका साथ उठाएको बताए । मन्त्री बस्नेतले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो वर्ष एक हजार मेगावाट विद्युत् थपिने
सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि, १३ अर्बको बिजुली निर्यात