काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट र दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
मंगलबार आयोगले विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानुनी कारवाही गर्न र मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार पोखरेल जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले गएका बेला प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो । उक्त घटनालाई लिएर पत्रकारहरु र सामाजिक संघ संस्थाहरुले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
उक्त घटनाको आयोगको मधेश प्रदेश कार्यालयले अनुसन्धान गरिरहेको छ । आयोगले सेवाग्राहीले सेवा लिन जाँदा संयमित हुन र सेवा प्रवाह गर्ने निकायप्रति मर्यादित व्यवहार गर्न पनि आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सेवा प्रदायक संस्थाहरू अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको'
ज्येष्ठ नागरिकहरुमाथि दुर्व्यवहारका घटना बढ्दै गएका छन् : आयोग
वातावरण प्रदूषणमा संलग्नलाई कारबाही गर्न आयोगको आग्रह