काठमाडौ । सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ ।
उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले बजारमा आपूूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो ।
मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ । यस्तै ५० हजार टन चिनी आयातका लागि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव राधिका अर्यालले साढे छ लाख खाद्यान्न आयात गर्न भारत सरकारलाई अनुुरोध गरे पनि कति दिने भनेर निर्णय भइनसकेको बताइन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० साउन २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा रोजगार गुमाएका नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
विश्व खाद्य मूल्यमा गिरावट : एफएओ
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
चितवन खाद्यान्नमा आत्मनिर्भर