काठमाडौं । काठमाडौं महानगरपालिका ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा झडप भएको छ । बिहीबार काठमाडौं महानगर प्रहरी बलको टोली स्ल्याब भत्काउन पुगे थियाे ।उक्त स्ल्याब भत्काउन खाेज्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको हाे । काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बूढानीलकण्ठको सात तलेमा डोजरसहित पुगेपछि तनाव भएको हो।
महानगरको टोली डोजरसहित आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए। त्यसपछि बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र यहाँ बर्षेनि बाढीको आतंक छ। यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेको आरोप लाग्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने